कांग्रेसको राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय : सबै दलको सहयोगमा अगाडी बढ्ने

काठमाडौँ । नेपाली कांग्रेसको आज बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पार्टीका शीर्ष नेताको बैठकले सबै दलको सहयोग लिएर राष्ट्रपतिमा उम्मेदवारी दिन निर्णय गरेको हो । बैठकले भनेको छ, कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ । राष्ट्रपतिमा सबै दलको सहयोग लिएर अगाडि बढ्ने निर्णय समेत भएको छ ।

कांग्रेसले समयमै राष्ट्रपतिको निर्वाचन गराउनका लागि निर्वाचन आयोग र सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।