म राज्यको गौरबपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर बस्न नबस्ने

मन्त्री सुदन किराँती

९ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँती मन्त्रीका नियुक्ती भएको केही दिनमै वायु सेवा निगममा छिरेका छन् । उनले उक्त अवसरमा राज्यको गौरबपूर्ण संस्था डुबेको टुलुटुलु हेरेर नबस्ने बताएका
छन् ।

आज बिहान नेपाल वायु सेवा निगममा पुगेका मन्त्री किराँतीले निगमलाई बचाउनुपर्ने बताए ।

म सेतो लुगा लगाएको मान्छे हुँ, मलाई कालो हातले छुने प्रयास नगर्नुहोला । म सेतै बनेर फर्किने हो ।’