जसपा नेपाल र एकीकृत समाजवादी बीचको एकता वार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल र नेपाल कम्यनिष्ट पार्टी (एकीकृत समाजवादी) बीचको एकता वार्ता समितिले कार्यदल गठन गरी एक अर्काका दस्तावेज अध्ययन थालेको छ ।

शुक्रबार बसेको एकता वार्ता समितिको बैठकले एक अर्काका दस्तावेज अध्ययन गर्न गोविन्द चौधरी र डा. विजय पौडेल रहेको कार्यदल बनाएको छ । कार्यदलले दुबै पार्टी बीचका समानता र असमानता पहिल्याइ आगामी बैठकमा पेस गर्ने जसपाका प्रचार विभाग प्रमुख पूर्ण वस्नेतले बताए ।

दस्तावेज अध्ययन गरेपछि तत्काल मिल्ने कुरालाई कार्यदलमै मिलाउने र नमिल्ने कुरालाई नेतृत्वमा तहमा पठाउने सहमति भएको बताइएको छ । दस्तावेज अध्ययन गरेर मिल्ने र मिल्न नसक्ने विषयवस्तुको सूचीकृत गर्दैछ । कार्यदलले पहिल्याएका समान धारणाहरुमा सहकार्य गर्दै जाने र असमान धारणाहरु हल गर्दै जाने वार्ता समितिको बैठकले निर्णय गरेको छ ।