Breaking News

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त

६ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिएका हुन् ।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक-एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली कांग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य राजकुमार शर्मालाई प्रदेश प्रमुख तिलक परियारले २७ पुसमा मुख्यमन्त्रीमा नियूक्त गरेका थिए । शर्मा कर्णालीको तेस्रो मुख्यमन्त्री हुन् ।

संघमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसलाई कर्णालीमा पनि शर्माले आफुलाई विश्वासको मत दिन आग्रह गरेका थिए