पूर्वसहमति विपरित मन्त्रालय दिएपछि जनमत पार्टी रुष्ट

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आज मन्त्रीपरिषद्को गठन गरे पनि जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खा भने सहभागी भएनन् । प्रधानन्त्री प्रचण्डले आफ्नो पार्टीलाई उद्योग मन्त्रालय दिने पूर्वसहमति भएपनि कार्यान्वयन नभएको जनाउँदै शपथ ग्रहणमा नगएको बुझिएको छ ।

प्राप्त समाचार अनुसार आफूहरुलाई जानकारी नै नगराई उनी पछि हटेको आरोप जनमत पार्टीले लगाएको छ ।

अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यति बेला सर्वदलीय बैठक बसिरहेको छ । तर जनमत पार्टीका अध्यक्ष सीके राउत त्यसमा सामेल छैनन् ।