बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिए

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको छ । बैठक चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । बैठकबाट ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् । त्यसैगरी एमालेबाट ओली बाहिरिएपनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बैठकमै छन् ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।