संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक

काठमाडौं । संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक गरेको छ ।

संघीय संसद् सचिवालयले आज मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १ देखि ४ बजेसम्म सभामुखका लागि उम्मेदवारी दर्ता, सोही दिन सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन र माघ ५ गते ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि उम्मेदवारको सूचनामाथि सामूहिक छलफल गर्ने कार्यक्रम रहेको छ ।

s