सत्ता साझेदार दलको बैठक एक घन्टादेखि बालुवाटारमा जारी

मन्त्रिपरिषद्को पूर्णताबारे आजै टुंगो लाग्ने

काठमाडौं । सत्ता साझेदार दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको हो । बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने बताइएको छ ।

बालुवाटार बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५ घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।

छलफल सकेर बाहिर निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पूर्णताबारे आजै टुंगो लाग्ने प्रतिक्रिया दिएका थिए ।