पोखरा विमान दुर्घटनामा बाँकी रहेका लासहरुको खोजीकार्य भोलि पुनः सुरु हुने

काठमाडौं । पोखरा विमान दुर्घटनाकोखोजीकार्यआजका लागि स्थगित भएको छ । आइतबार भएको दुर्घटनामा परेकाहरूको खोजीकार्य भोलि पुनः सुरु हुने भएको हो ।

यस्तै पछिल्लो अपडेट अनुसार ६९ जनाको शव अस्पतालमा राखिएको छ । बाँकी ३ जनाको खोजीकार्य जारी रहेको छ । खोजी जारी रहेको अवस्थामा एउटा हात, एउटा खुट्टा र करङ फेला परेको जनाइएको छ । तर एउटै व्यक्तिको हो वा फरक भने खुलेको छैन ।