सन्दीप लामिछाने अदालतको सर्त मान्न तयार आजै २ बजे रिहा हुने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्न प्रक्रिया सुरु गरिएको छ । धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा उनी हिजो रिहा हुन सकेका थिएनन् ।

लामिछानेका निजी वकिल सरोजकृष्ण घिमिरेले परिवारले धरौटी रकम दाखिला गरेको र जिल्ला अदालतको पत्र लिएर अदालतबाट तारिख लिएपछि आजै दुई बजेभित्र रिहा हुने जानकारी दिए । उनले आजै लामिछानेलाई अदालतले राखेको सर्तबारे जानकारी गराएका थिए । अदालतको सर्त मान्य भएको लामिछानेले जानकारी दिएको पनि घिमिरेले बताए ।

हिजो उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिए पनि समय अभावका कारण उनी आज मात्रै थुनामुक्त हुने भएका हुन् ।