सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन

२८ पुस, काठमाडौं। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाईलाई सबै विद्यालयमा माघ १ गते राष्ट्रिय योग दिवस मनाउन समन्वय गर्न निर्देशन दिएको छ ।

केन्द्रले आगामी माघ १ गते ‘स्वस्थ्य जीवनको चाहना स् योग शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो ।

केन्द्रले योग दिवशमा विभिन्न कार्यक्रम गर्न र विद्यालयहरुमा योगसँग सम्बन्धि क्रियाकलाप गराउन निर्देशन दिएको हो ।