प्रधानमन्त्री प्रचण्डलाई काँग्रेसले समेत विश्वासको मत दिने निर्णय दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । यसै अवसरमा आज बिहान बसेको काँग्रेसको पदाधिकारी बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ भने यस सबन्धी असहमति जनाउँदै दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।