पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्ने निर्णय

२४ बैशाख, काठमाडौं । सरकारले लकडाउनको समयमा सीमित पाठ्यपुस्तक बिक्री गर्ने पसललाई सञ्चालन गर्न दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले जनक शिक्षा सामग्र्री केन्द्रद्वारा मुद्रित पुस्तक बिक्री गर्ने पुस्तक पसललाई सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस कोभिड(१९ को रोकथामका लागि आह्वान गरेको लकडाउन जेठ ५ गतेसम्मको लागि थप गरेको छ । थप गरिएको लकडाउनको समयमा केही सेवालाई छुट दिने क्रममा सीमित पुस्तक पसल सञ्चालनमा समेत छुट दिएको हो । साथै, मन्त्रिपरिषद्ले जनक शिक्षा सामग्री केन्द्रद्वारा अनुमति प्राप्त पुस्तक ढुवानी गर्ने सवारी साधनलाई समेत लकडाउनमा सञ्चालनको अनुमति दिएको छ ।