२४ पुस, काठमाडौं । सत्ता साँझेदार प्रमुख दल एमाले माओवादीले प्रदेश १ को सरकार गठनमा सहमती बनाएका छन्् । मुख्यमन्त्री पद नेकपा एमालेले लिने र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।
बाँकी प्रदेशको भागवण्डा भने टुंगो लाग्न बाँकी छ । आज साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने नेताहरु बताउँछन् ।
प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते ७ दिनको समय राखेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् ।