वीरगञ्जमा आज थप १७ जना कोरोना संक्रमित एकै परिवारका

२४ बैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमित थपिने क्रमसँगै आज फेरि थप १७ जना कोरोना भाइरस (कोभिड (१९) का संक्रमित थपिएका छन् । उनीहरु मध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् । उनीहरू आइतबार भेटिएका वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषका परिवारका सदस्यहरू हुन् ।
थपिएका संक्रामितहरूलाई उपचारका लागि नारायणी अस्पताल ल्याउने तयारी छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।