काठमाण्डौं तुवालाले ढाँक्यो

केही दिनयता देशभर तापक्रम घटेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । कचौरा जस्तो भूधरातल भएको काठमाडौँमा शनिवारको तापमान न्यूनतम ५ डिग्री र अधिकतम १५ डिग्री हुने मौसम पूर्वानुमान गरिएको छ ।

मानिसहरुले चिसो बढेको अनुभव गरिरहँदा वायु प्रदूषण पनि बढ्दै गएको छ । शनिवार बिहानको तथ्याङ्क अनुसार काठमाडौँको वायुमण्डलको एअर क्वालिटी इन्डेक्स १६६ रहेको छ । शुक्रवार पनि काठमाडौँको एक्युआइ ९एअर क्वालिटी एन्डेक्स० १६० भन्दा माथि नै अर्थात् काठमाडौँको वायुमण्डल अस्वस्थकर भएको छ । तापक्रम घटेसँगै वायुमण्डलमा रहेका फोहोरका कण जमिनी सतहमा आउने भएकाले यो जाडो मौसममा प्रदूषण बढी हुने गरेको छ ।