प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानेबीच आज भेटवार्ता भएको छ ।

भेटमा सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउने, कोरोना संक्रमण बढ्न नदिन अपनाउनुपर्ने शतर्कता र चिसोबाट नागरिकलाई सुरक्षित राख्न गर्नुपर्ने तयारीका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सिंहदरबार प्रवेशका लागि नागरिकलाई झण्झटिलो व्यवस्था गरिएकोले त्यसमा सहज प्रक्रियाको व्यवस्था मिलाउने तयारी सरकारले गरिरहेको छ ।