नेपाली तरकारी बारीमै कुहिने तर भारतीय तरकारीको बिगबिगी

२४ बैशाख, काठमाडौं । लकडाउन चैत्र १ज्ञ गते सुरु भएपनि बाँकी १९ दिनको चैत महिनामा मात्र भारतबाट दुई अर्ब ८१ करोड २९ लाख रुपैयाँ बराबरको तरकारी आयात भएको भन्सार विभागको तथ्यांकमा रहेको छ । भन्सार बिभागको तथ्यांक लाई आधार मान्ने हो भने नेपालमा दैनिक नौ करोड ३७ लाख रुपैयाँको तरकारी भारतबाट आयात भइरहेको अनुमान लगाउन सकिन्छ । लकडाउनयता २३ वैशाखसम्म ४२ दिनमा चार अर्ब १२ करोड ५५ लाख रुपैयाँको तरकारी आयात भएको मान्न सकिने भन्सारकै तथ्यांकले बताएको छ ।
तरकारी अत्यावश्यक वस्तु भएकाले आयात निर्वाध रूपमा भइरहेको भन्सारले जनाएको छ । यस तुलनामा नेपाली किसानले उत्पादन गरेको तरकारी भने बारीमा नै कुहिएको, सुकिरहेको र सडिरहेको छ । यस हिसाबले के स्पष्ट हुन्छ भने नेपाली किसानले उत्पादन गरेको तरकारी भन्दा भारतबाट आयात हुने तरकारीमा डिफेन्ट छ वा नेपाली तरकारी बारीमै कुहाएर भातरीय तरकारी खानुमा के रहस्य छ । आयात गर्ने निकाय र चेक गर्ने भन्सार बिभागले छुठट्याउनु पर्र्यो । हैन भने नेपालमै उत्पादित तरकारको खपत कम र भारतीय तरकारीको खपतमा बढवा किन ?