Breaking News

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद

८ पुस, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी सुन बरामद गरेको छ ।

फ्लाई दुबईको उडानबाट आएका सुडानी नागरिकको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) वरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।

विमानस्थलको भन्सारमा नियमित जाँचकै क्रममा सुन फेला परेको उनले बताए ।

प्रहरीले सुन लिएर आउने सुडानी नागरिकलाई पक्राउ गरि आवश्यक अनुसन्धा भइरहेको जनाएको छ ।