Breaking News

प्रचण्ड मनाउन प्रकाशमान, देउवा मनाउन जनार्दन सक्रिय रुपमा

नयाँ सरकार गठनका लागि छलफल तिब्र पारिएको छ । राष्ट्रपति बिद्यादेवी भण्डारीले नयाँ सरकार बनाउने सिमा पर्सी १ण् गतेसम्मा लागि समय दिएकाले राजनीतिक दलहरु नयाँ सरकार गठबनमा घनिभूत छलफलमा रहेका छन् । सरकार बनाउने विषयमा समझदारी भएपछि पहिलो कार्यकाल प्रधानमन्त्री को हुने भन्ने विषयमा रस्साकस्सी सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका प्रचण्डबीच आलोपालो प्रधानमन्त्री हुने समझदारी भइसकेको छ ।

पहिलो चरणमा देउवा हुने कि प्रचण्ड हुने भन्ने विषयमा समझदारी हुन नसक्दा टुंगो लाग्न सकेको हो । प्रचण्डलाई फकाउन कांग्रेस नेता प्रकाशमान सिंह र देउवालाई फकाउन अर्थमन्त्री जनार्दन शर्मा सक्रिय भएका छन् । पहिलो चरणमा देउवालाई प्रधानमन्त्री हुन सहयोग गर्न प्रकाशमान सक्रिय भएर लागेका छन् । सिंहले प्रचण्डलाई शुक्रबार बिहान खुमलटारमै भेटेर देउवालाई पहिलो चरणमै प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका हुन । बरु पछिल्लो तीन वर्ष सरकारको नेतृत्व गर्नेगरी तयार हुन प्रचण्डलाई सिंहले आग्रह गरेको खुमलटार स्रोतले जनाएको छ । ‘देउवाजी उमेरले धेरै भइसक्नुभयो । पहिलो कार्यकाल उहाँलाई छोड्नुपर्यो । त्यसपछिका तीन वर्ष तपाईँले चलाउनुहोला’ प्रकाशमानको भनाई उदृत गर्दै खुमलटार स्रोतले भन्यो ।

तर, प्रचण्ड भने पहिलो चरणमै प्रधानमन्त्री हुनुपर्ने अडानमै भएको बताइएको छ । पहिलो चरणमै प्रधानमन्त्री नभएपछि हुन गाह्रो हुने प्रचण्डको बुझाई छ । त्यसैले देउवा मनाउन जनार्दन सक्रिय भई लागेका छन् । खुमलटारमा प्रचण्डलाई भेटेर जनार्दन देउवालाई भेट्न भर्खरै बालुवाटार पुगेका छन् । प्रचण्डलाई भेटेर फर्किएका प्रकाशमान र जनार्दनसहितका नेताहरू अहिले बालुवाटारमा छलफल गरिरहेका छन् ।

अहिले प्रधानमन्त्रीसँगको छलफलमा भएकोले धेरै भन्न नमिल्ने कांग्रेस उपभापति पूर्णबहादुर खड्काले पुष्टि गरे । सबै विषय प्याकेजमै टुंगो लगाउने गरी समझदारी बनाएर जाने खड्काको भनाई छ । आज बेलुकासम्म प्याकेजमै समझदारी बनाएर जाने नेताहरूले बताएका छन् । शनिबार बेलुकासम्म राष्ट्रपतिले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी छिन् ।