अर्जेन्टिना जुलियन अल्भारेज प्लेयर टू वाच घोषित

यस विश्वकपमा लियोनेल मेस्सी र किलियान एम्बाप्पेसँगै जुलियन अल्भारेजले आफूलाई गोल्डोन बुटको रेसमा कायम राखेका छन् । हालसम्म चार गोल गरिसकेका अल्भारेज दुई खेलाडीभन्दा मात्र एक गोलले पछि रहेका छन् ।

अर्जेन्टिनाको कोरडोबामा सन् २००० को जनवरी ३१ मा जन्मिएका अल्भारेजले अर्जेन्टिनाको रिभर प्लेटबाट आफ्नो सिनियर क्लब करियर सुरु गरेका हुन् । सन् २०१८ देखि २०२२ सम्म रिभर प्लेटमा रहँदा उनले ५७ खेलमा २३ गोल गरेका छन् । सन् २०२२ मा उनी प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँग आबद्ध भएका हुन् । १२ खेल खेल्दै ३ गोल गरेपछि उनलाई पुनः रियल प्लेटमा लोनमा पठाइएको छ ।

यता, अर्जेन्टिनाको सिनियर टोलीमा उनले सन् २०२१ मा मात्र डेब्यू गरेका हुन् । राष्ट्रिय टोलीका लागि उनले १८ खेलमा ७ गोल गरिसकेका
छन् । उनले रिभर प्लेटबाट अर्जेन्टिनी लिग, कोपा कर्जेन्टिना, कोपा लिबर्टाडोरेजलगायत उपाधि जितेका छन् । त्यस्तै, अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट उनले सन् २०२१ को कोपा अमेरिका र कोनमेबोल–यूईएफए कप अफ च्याम्पियन्स पनि जितेका छन् ।

उनी सन् २०२१ मा अर्जेन्टिनाको प्रिमियरा डिभिजनको सर्वोच्च गोलकर्ता बनेका थिए भने उनी सन् २०२१ मा दक्षिण अमेरिकी वर्ष फुटबलर बनेका थिए ।