नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगायो

नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फका प्रदेश सभा सदस्यहरूको नाम टुंगो लगाएको छ । केन्द्रीय सचिवालय बैठकले सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सभा सदस्यहरुको नाम टुंगो लगाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको सिट बाँडफाँड सूची अनुसार रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा २र२ र मधेश प्रदेशमा १ सिटसहित ५ सिट पाएको छ ।

पार्टीका महासचिव रतन थापाका अनुसार सुदूरपश्चिम प्रदेश सभा सदस्यको लागि सुनिता चौधरी र दमोदर पण्डितको नाम टुंग्याइएको छ । यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यको लागि रेणुका चौधरी र निर्मला चौधरीको नाम छनोट गरिएको हो । मधेश प्रदेश सभा सदस्यको लागि रामचन्द्र चौधरीलाई छनोट गरिएको छ ।

नागरिक उन्मुक्ति पार्टीले पत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा १ स्वतन्त्रसहित ४ सिट जितेको छ  भने प्रदेशतर्फ ७ सिट जितेको हो । यससँगै प्रतिनिधि सभामा ४, सुदूरपश्चिम प्रदेशमा ७, लुम्बिनी प्रदेशमा ४ र मधेशमा १ गरी जम्मा १६ सिट जितेको हो ।