दोलखा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका गंगा कार्की विजयी

 

दोलखा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्की विजयी भएका छन्।

कार्कीले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई हराएका हुन्।

कार्कीले ३६ हजार ९९५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३६ हजार ४७७ मत पाएका छन् । यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो। ३४७९ मत बदर भएको थियो।

यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए। मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

समानुपातिकतर्फ भने मतगणना जारी छ। समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ।