कपिलवस्तुको मायादेविमा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार

काठमाडौं । कपिलवस्तुको मायादेविमा एकजना भारतीय नागरिकमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ । मायादेवी गाउँपालिका वडा नं. ४ चाकरचौडामा रहेको एक होटलमा बसेका भारत सिद्धार्थनगर जिल्लाको अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि गएराति दुई गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चाकरचौडा बजारको एक होटलमा रहेका उनलाई काँध र कम्मरमा गोली लागेको छ । गोली लागेर घाइते भएका उनलाई उपचारको लागि भारतको गोरखपुर मेडिकल कलेज पुर्याइएको जनाइएको छ । गोली हान्ने समूहको खोजीकार्य भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।