Breaking News

निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना सुरु गर्न निर्देशन

निर्वाचन आयोगले स्याङ्जा क्षेत्र नम्बर २ र बाजुरामा मतगणना गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै मतगणना सुरु गर्न निर्देशन दिन निर्णय गरेको छ । गत मंसिर ४ गते भएको निर्वाचनका दिन स्याङ्जा क्षेत्र नम्बर २ का केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले पुन मतदान गराउन माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।