अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिए पछि इलाम-२ मा मतगणना स्थगित

मंसिर ४ गते भएको प्रदेशसमा र प्रतिनिधिसभा निर्वाचनको मतपरिणा अन्तिम अन्तिममा आइरहेको बेला इलाम-२ मा मतगणना स्थगित भएको छ । अधिकृत को हस्ताक्षर नभएको ४० मतपत्र भेटिए पछि मतगणना स्थगित भएको हो । मतगणना स्थगित भएपछि अहिले इलामस्थित सिटीहल वरिपरिको स्थिति तनावपूर्ण बनेको छ ।

सो क्षेत्रमा एमाले उपाध्यक्ष सुवास नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार नेम्वाङले २९ हजार १३५ मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ५ मत प्राप्त गरेका छन् ।