मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभातर्फको मत परिणाम सार्वजनिक भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत जारी राखेको छ।
निर्वाचन आयोगका अनुसार साँझ साढे ७ बजेसम्म गणना भएको ५१ लाख ९४ हजार २५० मतमा ९ दलले मात्र २ प्रतिशत मत कटाएका छन्।
सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेले १४ लाख १२ हजार ६६५ मत पाउँदा नेपाली कांग्रेसले १३ लाख ४५ हजार ८२५ मत पाएको छ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ४३ हजार ५४८ मतसहित तेस्रो स्थानमा छ।
चौथोमा माओवादी केन्द्र, पाँचौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० रहेका छन्। छैठौंमा जसपा र सातौमा नेकपा एकीकृत समाजवादी पार्टी रहेका छन्।