कञ्चनपुर ३ को क मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावलको चकत्कारी बिजयी

कञ्चनपुर -३ को (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रावलले एमाले–राप्रपाका धर्मराज जोशीलाई १८ सय ६० मतान्तरसहित पराजित गरेका हुन् ।

समाजवादीका रावलले ८ हजार ७१८ मत ल्याउँदा राप्रपाका जोशीले ६ हजार ८५८ मत प्राप्त गरे । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका टेकेन्द्रप्रसाद भट्ट ६ हजार १९५ मत ल्याएर तेस्रो भए ।

स्थानीय निर्वाचनको मत परिणामलाई हेरेर कांग्रेसले माओवादीलाई बोकेपनि समाजवादीका रावल एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए । ०७४ मा तत्कालीन एमालेबाट चुनाव जितेका रावलले यस पटक समाजवादीबाट पनि चुनाव बाजी मारे ।