गोरखा २ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् ।

बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार अध्यक्ष प्रचण्ड २६ हजार ९०३ मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

प्रचण्डका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १२ हजार ६३७ मत ल्याए भने एमालेका अव्दुस मियाँले ७ हजार ३९३ मत पाए ।