गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी

गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा एमालेका गोकर्ण विष्ट विजयी भएका छन् । विष्टले नेकपा -एकीकृत समाजवादी_ की नेतृ रामकुमारी झाक्रीलाई पराजित गरेका हुन् ।

विष्टले २८ हजार ४ सय ७६ मत ल्याउँदा झाक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।