कैलाली क्षेत्र नम्बर ३ (ख)मा नागरिक उन्मुक्ति पार्टीका खुसीराम डगौरा थारु विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभा अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ (ख)मा नागरिक उन्मुक्ति पार्टीका खुसीराम डगौरा थारु विजयी भएका छन् ।

कुल २८ हजार १२९ सदर मतमध्ये ७ हजार ५३९ मत पाएर थारु विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६१९ मत ल्याए ।

स्वतन्त्र उम्मेदवार लक्ष्मण शाही ५ हजार १७७ मत ल्याउँदै तेस्रो स्थानमा रहे भने नेकपा एमालेका जयनारायण जोशीले ४ हजार २३६ मत ल्याउँदै चौथो स्थानमा परे ।