रूकुम पूर्वको प्रतिनिधिसभा सदस्दमा पूर्णबहादुर घर्ती निर्वाचित

लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्।

घर्ती १२ हजार ६ सय ६२ मत प्राप्त विजयी भए।

लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका पूर्णबहादुर प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्ल ५ हजार दुई सय ११ मत प्राप्त गरेका थिए।

त्यस्तै, रूकुम पूर्व प्रदेशसभा ९२० मा कांग्रेसका धनबहादुर केसी निर्वाचित भएका छन्।

चार हजार ८ सय ६२ मत प्राप्त गरि केसी निर्वाचित भएका हुन्।

स्वतन्त्र उम्मेदवार नरहरि खड्काले दुई हजार २ सय ४४ मत प्राप्त गरेका थिए।

केसी दुई हजार ६ सय १८ मतान्तरले विजयी भएका हुन्।

यहाँ नेकपा एमालेका भावना बिसीले एक हजार ८ सय ६३, स्वतन्त्र उम्मेदवार केशव रावलले ८ सय ४०, राप्रपाका केशवचन्द्र समालले २ सय ६६ मत प्राप्त गरेका थिए।

निर्वाचित केसी पहिलो पटक निर्वाचनमा भिडेका थिए।

प्रदेशसभा ९१० मा स्वतन्त्र उम्मेदवार सुरुल पुन मंगलबार नै निर्वाचित भइसकेका थिए।