माओवादीले खाता खोल्यो : सिन्धुली २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

नेकपा माओवादी केन्द्रले सिन्धुलीमा पहिलो जित निकालेको छ।

सिन्धुली क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी भएका छन्।

यो निर्वाचनमा माओवादीको तर्फबाट संघीय संसदतर्फ विजयी हुने दाहाल पहिलो व्यक्ति हुन्।

आफू विजयी भइसकेको र अन्तिम परिणाम भने घोषणा हुन बाँकी रहेको दाहालले सेतोपाटीलाई बताए।

दाहालले एमालेका मनोजजंग थापालाई हराएका हुन्।

६ हजार १ सय ६२ को मतान्तरले निर्वाचन जितेको दाहालले बताए।