एकै टोलका २२ जनामा कोरोना भाइरस संक्रमित

२३ वैशाख, नेपालगन्ज । हिजोआज कोरोनाका कहर बाँकेको नेपालगंजमा देखिएको छ । हालैको ३,४ दिनमा बाँकेमा कोरोनाका संक्रमित २३ जना २३ जना पुगिसकेका पनि छन् । नेपालगन्जको उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्कस्थित जोलहनपुर्वा टोलमा २२ जना कोरोना संक्रमित फेला परेका छन् । कुल ९४ जना ब्यक्तिको ‘स्वाब’ को पिसिआर परीक्षण गर्दा एउटै टोलका २२ जनामा कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेकाले जनाएको छ । ‘संकलन गरिएको सबैको रिपोर्ट आउँदा नयाँ सात जना संक्रमित थपिए हुन् । कोरोना पोजिटिभ देखिएका सबै २२ जना ब्यक्ति एउटै टोलका हुन् । यसअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वडा नम्बर ८ महेन्द्रपार्क स्थित जोलहनपुर्वा टोलमा रहेको अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्थ्ये, भने मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेका उनी बालबालिकाको घरमै पुगेर ट्युसन(उर्दु) पढाउने गरेका थिए ।

६० बर्षिय ती संक्रमितले अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा उनको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा गत शनिबारबाट वडा नम्बर ७ र ८ मा स्वाब संकलन सुरु गरिएको थियो । फोकल पर्सन श्रेष्ठका अनुसार कुल संकलन गरिएको ९४ वटा स्वाबलाई तीन चरणमा परीक्षण गर्दा नयाँ सातसहित २२ जनामा पोजिटिभ देखिएको हो । नेपालगन्जमा अब संक्रमित हुनेको संख्या २३ पुगेको छ ।
नेपालगन्जका ६० बर्षिय ब्यक्तिमा शुक्रबार पहिलो पटक संक्रमण पुष्टि भएपछि संकलित स्वाब परीक्षण गर्दा आइतबार एकैदिन ९ र ६ गरी १५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक मंगलबार पुष्टि भएका ७ जनामध्ये ४ महिला र ३ जना पुरुष रहेको बताइएको छ । संक्रमित पुरुष २२, ३०, ४० र महिला ९, ३२, ३४ र ३५ वर्षका छन् । नेपालगन्जमा अहिलेसम्म फेला परेका संक्रमित ७ बर्षदेखी ६० वर्ष उमेरसम्मका छन् ।
संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्जको महेन्द्र पार्कस्थित जोलहनपुर्वा टोललाई चारैतिरबाट सुरक्षाकर्मीले घेरेमा छ । पहिलो संक्रमित फेला परेपछि नै उक्त टोलसहित एकलैनी, डिएसपी रोड, धम्बोझी लगायत क्षेत्रलाई स्थानीय प्रशासनले शिल गरेको थियो। कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिकालाई आज बाट लागु हुने गरी निषेधित क्षेत्र घोषणा पनि गरिएको छ ।
‘संक्रमणलाई न्युनिकरण गर्न संक्रमितहरुको कन्ट्रयाक्ट ट्रेसिङ र स्वाब परीक्षणलाई प्रभावकारी बनाउन उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको हो, निषेधित क्षेत्र घोषणा अवधिभर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कन्ट्रयाक्ट ट्रेसिङसहित स्वाब संकलन कार्यमा खटिने जनशक्ति बाहेक अन्य कोही पनि घर बाहिर निस्कन नपाउने छैनन् ।