विश्व कप : उद्घाटन खेलको पहिलो हाफमा आयोजक कतार इकेडरसँग २-० गोलले पछाडी

एजेन्सी

विश्व कप आजबाट कतारमा सुरु भएको छ । आज पहिलो दिन आयोजक राष्ट्र कतार र इक्वेडर बिचको पहिलो हाफ खेल सकिएको छ । पहिलो हाफको १६औं मिनेटमा इकेडरले आयोजक कतारविरुद्ध एक गोलको अग्रता लिएको बेला इकेडरले दोस्रो गोल थप्दै कतारलाई २-० को गोलमा पहिलो हाफ सकिएको छ। इकेडरका लागि दुबै गोेल म्याप्टेन भ्यालेसिन्याले गोल गरेका थिए ।

खेल सुरु भऐको दोस्रो मिनेटमा पनि भ्यालेन्सियाले गोल गरे पनि त्यसलाई भिडियो एसिस्टेन्ट रेफ्रीले रद्द गरेको थियो ।