तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं

केपी शर्मा ओली

४ मंसिर, काठमाडौं । आज देशैभरी एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्ति पूर्ण सम्पन्न भएकोमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदातालाई धन्यवाद दिएका छन् ।

मतदान सकिएपछि ओलीले फेसबुकमार्फत मतदातालाई धन्यवाद दिएका हुन् ।

ओलीले लेखेका छन्, ‘तपाईं मतदातालाई हार्दिक धन्यवाद, तपाईंको मतको सधैं कदर गर्छौं ।’