कर्णालीमा झण्डै ६० प्रतिशतको हाराहारीमा मत खस्यो

आज सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतदान कर्णालीमा पनि सम्पन्न भएको छ । केही स्थानमा छुट्पुट घटना बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचन अधिकारीहरुले बताएका छन् ।

१० लाख ८ हजार ४०३ मतदाता रहेको कर्णालीमा झण्डै ६० प्रतिशतको हाराहारीमा मात्रै मत खसेको छ ।  ३२ हजार ८५७ मतदाता संख्या रहेको हुम्लामा ६२ प्रतिशत, २२ हजार ७७२ मतदाता रहेको डोल्पामा ५२ प्रतिशत मत खसेको छ ।

२ लाख ४३ हजार ६१४ मतदाता रहेको सुर्खेत जिल्लामा जम्मा ६० प्रतिशत मत खसेको छ । यस्तै १ लाख ५८ हजार ९५८ मतदाता संख्या रहेको दैलेखमा ६९ प्रतिशत, १ लाख ३ हजार ३६३ मतदाता रहेको जाजरकोटमा ६२ प्रतिशत,  ३५ हजार ४८५ मतदाता रहेको मुगमा ६४ प्रतिशत र ८० हजार ७३३ मतदाता रहेको कालिकोट ५५ प्रतिशत मत खसेको प्रदेश निर्वाचन अधिकृत चालिसेले रातोपाटीलाई बताए ।

यस्तै १ लाख ४ हजार २८० रहेको रुकुम पश्चिममा झन्डै ५० प्रतिशत र यस्तै जुम्लाको भने मत परिणाम आउन आउन नसकेको उनले बताए । १ लाख ५७ हजार ७०१ मतदाता रहेको सल्यानमा ८४ हजार २२ मत खसेको छ । यो भनेको  कुल संख्याको ५३.२७ प्रतिशत हो ।