काठमाडौं उपत्यकाको मतगणना आज राती बाटै सुरु गरिने

आज देशैभरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्ति पूर्ण रुपमा सम्पन्न भए पनि केही ठाउँमा छिटफुट घटना घट्दा देशको राजधानी काठमाण्डौका १० वटै निर्वाचन क्ष्ँोत्रमा निर्वाचन शान्ति पूण सम्पन्न भएर त्यसका मतपरिणाम आजै रातीबाट निकाल्ने तयारी गरिएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलनबाट दिएको जानकारी अनुसार काठमाडौं जिल्ला लगायतका केही जिल्लामा आज रातिबाट मतगणना हुने जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान सम्पन्न भएका सबै मतदान स्थलबाट मतपेटिकाहरु निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी भइरहेको भन्दै काठमाडौं लगायतका केही जिल्लामा आजै रातिबाट मतगणना सुरु हुने बताएका हुन् ।

‘मतपेटिका गणनास्थलमा ल्याएपछि दलीय सहमति जुटाएर काठमाडौं उपत्यका लगायत केही जिल्लाहरूमा आज रातिदेखि नै गणना सुरु गर्ने र अन्य स्थानमा मतपेटिका सुरक्षितसाथ तत्काल मतगणना प्रारम्भ गर्न निर्देशन दिइएको छ’, प्रमुख निर्वाचन आयुक्त थपलियाको भनाइ छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ६१ प्रतिशत मत खसेको जनाएको छ । निर्वाचन आयोगले शान्तिपूर्ण र उत्साहजनक सम्पन्न भएको भन्दै निर्वाचन सम्पन्न गराउने संलग्न सबैलाई आभार प्रकट गरेको छ ।