आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्वाचन आयोगले निर्देशन

आज देशैभरी शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । छिटफुट घटना बाहेक निर्वाचन सकिएको भए पनि केही ठाउँमा आज रद्द भएको मतदान केन्द्रमा २ दिनभित्र मतदान गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन सम्पन्न भएपछि पत्रकार सम्मेलन गर्दै आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई यस्तो निर्देशन दिएको हो ।

आयोगले आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको छ ।