लाकोरोना संक्रमणबाट अमेरिकामा ७० हजारको हाराहारीमा मुत्यु

२३ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ९ सय २० पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा ११ लाख ७८ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्यूयोर्कमा सबैभन्दा बढी १९ हजार ५७ जनाले ज्यान गुमाएका छन् । यसैबीच अमेरिकाले कोरोना भाइरस संक्रमणको महामारीसँग जुध्न आर्थिक वर्षको दोस्रो त्रैमासमा तीन खर्ब डलर ऋण लिने भएको छ । ऋण लिनका लागि सरकारले स्वीकृति दिइसकेको छ । यो ऋण रकमलाई स्वास्थ्य सेवा र राहत प्याकेजमा उपयोग गरिने छ ।
सन् २००८ मा वित्तीय संकटको बेला अमेरिकाले लिएको कर्जाको तुलनामा यो पाँच गुणा बढी हो । अब अमेरिकाको कूल ऋण २५ खर्ब डलर पुगेको छ । अर्थव्यवस्थाको करिब १४ प्रतिशत रकम अमेरिकाले कोरोना भाइरससँग जुध्न दिइने आर्थिक प्याकेजमा खर्च गर्दैछ ।