उपत्यकामा मंसिर ४ गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक

उपत्यकाका सिडियोहरुको बैठकले आज निर्णय गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दिन काठमाडौंमा सवारी साधन चलाउन रोक लगाएको छ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै बिहान ४ बजेदेखि साँझ ७ बजेसम्म गाडी चलाउन रोक लगाएको हो।

त्यसबीचको समयमा अतिआवश्यक सेवा र अनुमति प्राप्त सवारी साधनमात्रै चलाउन पाइने भएको हो।

सूचनाको पालना नगर्नेलाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिइन्।

भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि मंसिर ४ गते बिहान ४ बजेदेखि साँझ ७ बजेसम्मको लागि रोक लगाएको छ।

ललितपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गरेको छ। ललितपुरमा भने क्षेत्र अनुसार छुट्टाछुट्टै समयको लागि रोक लगाएको छ।
क्षेत्र नम्बर २ र ३ को रिङरोडभित्र बिहान ४ बजेदेखि बेलुका ७ बजेसम्म रोक लगाएको छ।

बाहिर भने बिहान ४ बजेदेखि बेलुकी ८ बजेसम्म रोक लगाएको हो।

निर्वाचन क्षेत्र नम्बर १ मा भने आइतबार बिहान ४ बजेदेखि सोमबार बिहान ४ बजे सम्मको लागि रोक लगाएको हो।

May be an image of text