मैत्रीपूर्ण फुटबलमा नेपालले पाकिस्तानलाई १-० को जितको नतिजा हासिल

३० कात्तिक, काठमाडौं । नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ ।

दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १-० को जितको नतिजा निकालेको हो ।

अञ्जन विष्टले ८३ औं मिनेटमा गोल गरे । सुनिल बलको पासमा अञ्जनले गोल गरेका हुन् ।

अञ्जनले पाकिस्तान विरुद्ध गरेको गोल नेपालका लागि ११ औं गोल हो ।

नेपाली समर्थकले खचाखच भरिएको रंगशलामा पहिलो हाफमा दुवै टोली बराबरीमा खेलेका थिए भने दोस्रो हाफमा दुबै टिम आक्रमण देखिए पनि खेलको अन्तिममा अञ्जन विष्टको एक मात्र गोल मद्दले नेपालले खेल जित्न सफल भएको हो ।