सत्तारुढ गठबन्धनले आज काठमाडौं कोटेश्वरमा चुनावी सभा गर्दै

१ मंसिर, काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्दैछ ।

गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा आज अन्तिम चुनावी सभा गर्न लागेको
हो । सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ ।

चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं(२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा ९क० मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा ९ख० मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।