बेनीबाट मल्लाज जाँदै गरेको बोलेरो जिप दुर्घटना १० जना घाइते

जलजला , कात्तिक-३० । बेनीदेखि मल्लाज जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ । घाइतेहरुको उपचार बेनीस्थित बेनी अस्पतालमा उपचार भइरहेको । पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप आज साँझ ५ बजेतिर भुर्तुलाको भिर भन्दा केहि तल घुम्तिनिर दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् भने १ जनालाइ अल्ली बढी चोट लागेको छ । १२ जना यात्रु लिएर मल्लाज तर्फ गैरहेको ग १ ज ५२९६ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेको थियो तर पाखोमा रहेका रुखले छेक्दा धेरै तल खस्नबाट जोगिएको र ठुलो क्षति हुनबाट जोगिएको छ ।

दुर्घटनामा उपचारका क्रममा जलजला २ स्थायी ठेगना भएका चालक ३० वर्षी डम्बरबहादुर नेपालीको मृत्यु भएको बेनी अस्पतालले जनाएको छ । घाइेत हुनेहरुमा जलजला २ की १५ वर्षीय आशिस नेपाली, जलजला २ का वडा सदस्य वर्ष ३० को सुमन नेपाली,उमेर नखुलेकी सिर्जना परियार, वर्ष १५ को सपना परियार,२० को प्रियङ्का बोहोरा,वर्ष ४० को माया दमाई,१३ को यसोदा परियार,२३ को रोजन सिंह रत्न,१० को नविन बर्देवा,१२ को सन्देश रत्न र वर्ष १४ को अजित नेपाली रहेका छन् ।

तीन जना गम्भिर घाइते आशिस परियार,सुमन नेपाली र सिर्जना परियारलाई थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालले जनाएको छ । अन्यको बेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना भए लगत्तै पर्बत बेनीका युवाले तत्कालै घटनास्थल पुगेर उद्दारकार्य गरेका छन् ।