दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त

एजेन्सी

दोस्रो विश्वयुद्ध ताका प्रयोगमा आएका दुई लडाकु विमान अमेरिकाको टेक्ससमा दुर्घटनाग्रस्त भएका छन्।

सैन्य लडाकु विमान प्रदर्शनका क्रममा आपसमा ठोक्किएको अलजजिराले जनाएको छ। ठोक्किएलगत्तै दुबै विमानमा आगलागी भएको थियो।

दुर्घटनाबाट भएको मानवीय क्षतिबारेको विवरण अझै सार्वजनिक भएको छैन।

अमेरिकाको संघीय उड्डयन प्रशासनका अनुसार दोस्रो विश्व युद्ध ताकाका बोइङ बी-१७ र बेल पी-६३ विमान आपसमा ठोक्किएका हुन्।

बी-१७ मा चालक दलका सदस्यसहित कम्तीमा चार जना उड्न मिल्ने र पी-६३ मा पाइलट मात्रै रहने बताइएको छ। दुर्घटनाग्रस्त जहाजमा कति सवार थिए भन्ने खुलाइएको छैन।