रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड

२७ कात्तिक, काठमाडौं । चितवन क्षेत्र नम्बर २ प्रतिनिधिसभा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आज दिउँसो घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक व्यक्तिले गाडीमाथि चढेर सीसामा लात्ती हानेको देखिन्छ ।

सभापति रबिले पत्रकारसामु भने निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने दायित्व राज्य हो तर मुकदर्शक भएको आरोप लगाएका छन् । साथै उनले स्थानीय प्रशासनलाई आफुहरुको सुक्षाको ग्यारेन्टी लिनुपर्ने र त्यसका लागि पहल गर्नुपर्ने बताए ।