लकडाउनको मोडालिटी भावी रणनीति बारे उच्चस्तरीय समन्वय समितिको बैठक जारी

२२ वैशाख, काठमाडौं । लकडाउनको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिको बैठक बसिरहेको छ । लकडाउनको समीक्षा गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक सुरू भएको प्रधानमन्त्री कार्यायका सचिवले जानकारी दिएका छन् । आजको बैठकले लकडाउनको मोडालिटी कस्तो बनाउने भनेर खाका तयार पार्ने बताइएको छ ।
पछिल्लो पटक थपिएको लकडाउनको समय वैशाख २५ गते सकिँदैछ । नेपालमा हालसम्म कोरोनाका ७५ जना संक्रमित भेटिएका छन् भने त्यसमध्ये १६ जना निको भइसकेका छन्। निको भइसकेकोमध्ये दुईजना फेरि अस्पताल भर्ना भएका छन् ।