आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सक्रिय बहिष्कार गर्ने निर्णय भएको छ । दुई कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) , नेकपा बहुमत निकट अखिल (क्रान्तिकारी) को बैठकले निर्णय गरेको छ ।
आज दुई बिद्यार्र्थी संगठनले संयुक्त वक्तव्य जारी गर्दै भनिएको छ, महान जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका संघर्षहरुमा सक्रिय भुमिका निर्वाह गर्दै त्याग, बलिदान रर समर्पणसहित राष्ट्रियता, जनतन्त्र जनजीविकाको सुनिश्चिता एवं बैज्ञानिक र जनवादी शिक्षा प्राप्तीका निम्ति शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेका विकृति, विसंगति एवं शिक्षाको नीजिकरण, व्यापारीकरण, दलालीकरण र माफियाकरणबिरुद्ध निरन्तर संघर्ष अगाडी बढाउने भनिएको छ । साथै विज्ञाप्तिमा १० बुँदे कार्ययोजना र नारा समेटिएका छन् ।