नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक : सबै प्रकारका भत्ता वृद्धि गर्ने, २० वर्षमा २० ग्यारेन्टी

नेकपा (एमाले) ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । आज दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ ।

घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ । सत्तारुढ गठबन्धनमा आवद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन ।

घोषणा पत्रमा सबै प्रकारका भत्ता वृद्धि गर्ने घोषणा गरेको छ । जसअनुसार ५ वर्षमा श्रमिकको मासिक म्युनतम ज्याला २५ हजार रुपैयाँ बनाउने एमालेको प्रतिबद्धता छ ।

त्यस्तै घोषणापत्रमा एमालेले अठोट, प्रतिवद्धता, अवसर, सपना, मन्त्र र वाचा समेटिएका छन् ।

एमालेको घोषणापत्रको मुलमन्त्र ‘वलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र ’ रहेको छ । जसमा चार संकल्प सुशासन, विकास सम्मृद्धि र समानता रहेका छन् । त्यस्तै एमालेले नागरिक प्रशासनलाई सक्षम बनाउने, सबै नागरिकलाई एक महिनाभित्र बंशजका आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकता समस्या समाधान गरिने उल्लेख छ ।

त्यस्तै एमालेले सम्मृद्धिको अभियानमा बाधक रहेका नीतिहरू सुधार गर्ने जनाएको छ । असक्षम संस्थाहरूलाई पुनर्संरचना गरी सक्षम र व्यावसायिक बनाउने, नागरिक प्रशासनलाई सक्षम र जनताप्रति उत्तरदायी बनाउने घोषणा तथा परिचयपत्रको व्यवस्था पनि गरेको छ ।

त्यस्तै घोषणा पत्रमा २० हजार शब्दको घोषणापत्र सार्वजनिक गरेको छ ।

एमालेले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

एमालेको २० ग्यारेन्टीमा  ?

१ पहिलो सेसनः समृद्धि अधिवेशन,
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर नो लंगर
४. उत्पादन स्वदेशी : बजार विदेशी
५. सुरक्षित छाना : पुग्छ सबैको चाहना
६. कमाइ : युवाको रोजाई
७. पढाइ : भविष्यको जग बसाइ
८.सुगर प्रेसर : भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर : १० हजार लिटर
१० फ्रि युनिट : ५० युनिट
११ खेतबारीमा पानी : खाडीमा हैन स्वदेशमै लगानी
१२ दिनदिनै सडक विस्तार : विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार : सहर बजार
१४. नो लाइन : सेवा अनलाइन
१५. ५ लाख रोजगार : न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता : सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी : १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार : आइटीमा चमत्कार
१९. हामी समाजिम : सभ्य नागरिक
२० हाम्रो अर्थ : १०० वर्ष