बझाङमा ४.६ म्याग्नेच्युडको भूकम्प

१२ कात्तिक, काठमाडौं । नेपालमा भूकम्पले ठाउँ परिवर्तन गर्दै धक्का दिने क्रम गरिरहेको बेला आज सुदूरपश्चिमको बझाङमा भूकम्प आज बिहान भूकम्प गएको छ । बिहान ९ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो ।

लेखगाउँ आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।